Skin_Hospital_Dhn

सुदूरपश्चिममा आरआइटीको टिम खारेज, यी २ प्रहरीमाथि अनुसन्धान हुदै

धनगढी ।
सुदूरपश्चिममा नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टिम खारेज गरिएको छ । कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि सुदूरपश्चिममा आरआइटी को टिम खारेज गरिएको हो ।

आरआइटीमा कार्यरत प्रहरीलाइ यस्तो आरोप लागेपछि प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरत बोहराले दरबन्दी फिर्ता गर्दै आरआइटी टिम खारेज गरेका हुन् ।

दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत ठाउँमा रमाना गरेर पठाइएको छ भने आक्रमणको आरोप लागेका दुई जना प्रहरीमाथि अनुसन्धान थालिएको छ ।

शुक्रबार राती कञ्चनपुरको बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको स्रोतले जानकारि दिएको छ ।

आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुव्र्यशनिको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको थियो । डिआइजी बोहराले आरआइटीको टिममात्र हटाइएको बताए । उनका अनुसार अब नयाँ टिम आउन सक्ने सम्भावना छ ।

सम्बन्धित
Loading...