३ वर्षमा ८ सुत्केरीको मृत्यु भएको बाजुरामा ,डाक्टर नभएपछि बाटोमै जन्मियो बच्चा
एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्।
बाजुरा । जिल्ला अस्पताल बाजुरामा सुरक्षित प्रसूति गराउने चिकित्सक नहुँदा अछाम रेफर भएकी एक महिलाले बाटोमै बच्चा जन्माएकी छन्। गौमुल गाउँपालिका ३ माँझपालिकी २१ वर्षीया भाँग्य चँदारालाई स्थानीय स्वास्थ्य चौकीले जिल्ला अस्पताल पठाएको थियो। अस्पतालमा आकस्मित प्रस्तूति दिने डाक्टर नभएपछि अछाम रेफर गरियो।
गाडीमा ३ घन्टाभन्दा बढी समय लाग्ने अछामको बयालपाटा अस्पताल नपुग्दै उनले बाटोमै बच्चा जन्माएकी हुन्। बुढीगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमै बच्चा जन्माएको गौमुल गाउँपालिकामा कार्यरत अनमी रमा थापाले बताइन्।
अस्पतालमा स्थायी दरबन्दीका चिकित्सक नरहेको र करार राखिएका डाक्टरहरु बिदामा बस्दा आकस्मिक प्रसूति सेवा रोकिएको अस्पतालका अध्यक्ष मानबहादुर कार्कीले बताए। करारमा राखिएका चिकित्सकहरु डा सुनिल कमार शाह, डा बिपुल चौधरी र डा जस्मिता बलमपाकी बिदामा छन्। बाजुरामा सुरक्षित प्रसूती सेवा नपाउँदा ३ वर्षमा ८ जना सुत्केरीको मृत्यु भइसकेको छ।