Skin_Hospital_Dhn

फिफा बिश्वकपः क्रोएसिया र मोरोक्को तेस्रो स्थानको लागि आज खेल्दै

२२औं फिफा विश्वकपमा आज क्रोएसिया र मोरोक्कोबीच खेल हुँदैछ ।

सेमी फाइनलमा पराजित भएका यी दुई राष्ट्रले तेस्रो स्थानका लागि आज खेल्न लागेका हुन् । खेल राति ८ः ४५ बजे खालिफा स्टेडिएममा हुनेछ ।

क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३—० ले पराजित भएपछि मोरोक्कोसँग भेट भएको हो । सेमिफाइनलमा मोरोक्को भने फ्रान्ससँग २—० ले पराजित भएको थियो ।

यी दुवै टोलीको समूह चरणमै भेट भएको थियो । उक्त खेल बराबरी गर्दै दुवै टिमले अंक बाँडेका थिए । क्रोएसिया साविकको उपविजेता हो भने मोरोक्को पहिलो पटक सेमिफाइनलसम्म पुगेको राष्ट्र हो ।

यो विश्वकपको फाइनल खेल भने आइतबार राति पौने ९ बजे हुनेछ । फाइनलमा साविक विजेता फ्रान्स र पूर्वविजेता अर्जेन्टिना बिच प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित
Loading...