Skin_Hospital_Dhn

बझाङको बित्थड चीर गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्र संचालन हुदै

बझाङको बित्थड चीर गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्र संचालनमा आउने

बझाङ । बझाङको बित्थड चीर गाउँपालिकामा पहिलो पटक आँखा उपचार केन्द्र संचालन हुने भएको छ ।

नेपाल नेत्रज्योति संघ , गेटा आँखा अस्पताल , कैलालीको सहयोगमामा बित्थड चीर गाउँपालिका, बझाङमा पहिलो पटक आँखा उपचार केन्द्र संचालन हुने भएको हो ।

बित्थड चीर गाउँपालिका र नेपाल नेत्रज्योति संघ , गेटा आँखा अस्पताल , कैलाली बीच शुक्रबार सम्झौता भएको बझाङ ,बित्थड चीर गाउँपालिकाका अध्यक्ष अमर सिंह महरले बताए ।
आँखा उपचार केन्द्र संचालनमा ल्याउन केहि महिना अगाडि देखि नै छलफल भईरहेको र जसको परिणाम स्वरुप उक्त सम्झौता गर्न सफल भएको उनले बताए ।

आँखा सम्बन्धि सम्पुर्ण समस्याको उपचार सजिलो र सुलभ गराउने हेतुले , विशेष गरि जेष्ठ नागरिक र आर्थिक हिसाबले पहुँच नभएका जनतालाई मध्येनजर गर्दै आँखा उपचार केद्र संचालनमा ल्याउन लागेको अध्यक्ष महरले बताए ।

‘बित्थड चीर गाउँपालिकाका जनताले आखा उपचारका लागि धनगढी नै आउनुपर्ने बाध्यताको अन्त्य हुनुका साथै घर नजिक उपचार केद्र पुगेपछी समय र पैसाको बचत हुने आशा लिएको छु उनले भने’ ।
माघको पहिलो साता देखि नै सम्पुर्ण मेसिन र कर्मचारीहरु राखेर सेवा सुचारु गर्ने सम्झौता भएको समेत उनले बताएका छन् ।

 

Loading...