Skin_Hospital_Dhn

७२ जनाको टिमसहित नेपथ्य ब्यान्डको दमदार प्रस्तुति आज धनगढीमा

७२ जनाको टिमसहित नेपथ्य ब्यान्ड

 

धनगढी । नेपथ्य लाइभ कन्सर्टका लागि ७२ जनाको टिमसहित नेपथ्य ब्यान्डका अमृत गुरुङ धनगढी आईपुगेका छन् ।

सडक पेटीमा कसैले पनि भोको नाङ्गो बस्न नपरोस् भन्नका लागि स्थापना भएको मानवसेवा आश्रमको आयोजनामा मानवता प्रवद्र्धनका लागि गरिएको महिनाव्यापी मानवसेवा आश्रमको टिमसँगै नेपथ्य ब्यान्ड धनगढी पुगेको हो ।

 

कन्सर्ट पुस ३ गते आइतबार आज बेलुकी ४ बजे स्थानीय धनगढी रंगशाला मैदानमा हुनेछ । समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइनमार्फत् पनि टिकट काट्न सक्नेछन् । त्यसको निम्ति मानवसेवा आश्रमको आधिकारिक वेबसाइट एमएसए डट ओआरजीमार्फत काट्न सकिनेछ । त्यसैगरि नेपथ्य ब्याण्डको वेबसाइटबाट पनि कन्सर्टहरुको टिकट उपलब्ध गराइएको छ । यो संगै टेलिफोनमार्फत् सिट सुरक्षित गर्न चाहने दर्शकहरुका लागि ९८५५०७६०१३ र ९८४३३४७६२७ नम्बर उपलब्ध छन् ।

यसअघि नेपथ्यले विराटनगर, वीरगन्ज, हेटौंडा, चितवन र नेपालगञ्जमा हजारौं दर्शकका बीच भब्य कन्सर्ट प्रस्तुत गरिसकेको छ । नेपथ्य ब्याण्ड नेपाली युवापुस्तामाझ लोकप्रिय लोक रक संगीत ब्यान्ड हो । कार्यक्रम पुस ३ गते आइतबार बेलुकी ४ बजे स्थानीय धनगढी रंगशाला मैदानमा हुनेछ । धनगढीमा यसअघि पनि चारपटक प्रस्तुति दिईसकेको नेपथ्यले यो रंगशाला मैदानमा दोश्रो पटक प्रस्तुती गर्न लागेको हो ।

मानवसेवा आश्रमले शनिबार धनगढी, चटकपुर ४ को शहिदगेट नजिकै ‘सौंराइ बैंकेट एण्ड इभेन्ट्स’ मा विहान ११ बजे नेपथ्यका मुख्य गायक अमृत गुरुङलगायतको टोलीलाई गरेको स्वागत गरेको थियो ।

Loading...