Skin_Hospital_Dhn

काम नगर्ने १३ ठेकेदार कम्पनि परे कालोसूचीमा (सूचीहेर्नुस्)

कालोसूची

धनगढी । प्रतिबद्धताअनुरुप काम नगर्ने १३ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१)बमोजिम त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेको हो।

कालोसूचीमा पर्नेमा –

श्री वाक्थुम्हाङ जी.पी.जेभी,

श्री स्टार अफिस इन्टरनेसनल,

श्री अग्रिम पी.पी.जेभी,

श्री देव कन्स्ट्रक्सन,

श्री जन कन्स्ट्रक्सन प्रालि,

श्री जय निर्माण सेवा,

श्री खडरेख्रोला इन्टरप्राइजेज,

श्री ख्रिम निर्माण सेवा,

श्री लोइनी एण्ड सन्स कन्स्ट्रक्सन प्रालि,

श्री नन्दु निर्माण सेवा प्रालि,

श्री राष्ट्र निर्माण सेवा,

श्री सपना निर्माण सेवा प्रालि र

श्री सूर्या रोशनी इन्डस्ट्रियल प्रालि रहेका छन्।

१ देखि ३ वर्षका लागि कालोसूचीमा परेका निर्माणकर्ताले सो अवधिभित्र कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा भाग लिन नपाउने भएका छन् ।

Loading...