५० लाख ८ सय ३३ जना नेपाली विदेशीए, अहिलेसम्म ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो

संसार भर १८ डिसेम्बर अर्थात पुस ३ लाई आप्रपासन दिवसका रुपमा मनाइएको छ । नेपालमा पनि यो दिवसलाई साताव्यापी रुपमा मनाउने तयारी गरिएको छ । मुलुकको कुल ग्रार्हस्थ्य उत्पादन (जीडिपी) मा करिब २५ प्रतिशत हिस्सा रहेको रेमिट्यान्सले लामो समयदेखि अर्थतन्त्रलाई धानिरहेको छ । यस अर्थमा नेपालका लागि आप्रवासन दिवस छुट्टै महत्व छ ।

मुलुकमा गतिलो काम नपाएपछि नेपालीहरु वैदेशिक रोजगारीको यात्रामा निस्कने गरेको धेरै समय भएको छ । तर, सरकारले आर्थिक वर्ष २०६५/०६६ बाट मात्र यसको आधिकारिक तथ्यांक राख्न सुरु गरेको हो । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिलेसम्म ८४.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । डेढ दशकमा वैदेशिक रोजगार विभागबाट श्रमस्वीकृति लिएर २ लाख ८६ हजार २ सय ४२ महिलासहित ५० लाख ८ सय ३३ जना नेपाली विदेश गएका छन् ।

सम्बन्धित
Loading...