Skin_Hospital_Dhn

मञ्जुश्री फाइनान्सले सुरु गर्‍यो अनलाइनबाटै खाता खोल्न सकिने सुविधा

अनलाइन सेवा मार्फत खाता खोल्ने सुविधा मञ्जुश्री फाइनान्सले शुरु गरेको छ ।

साथै ‘मञ्जुश्री प्रिमियम बचत खाता’ र १ वर्ष वा सो भन्दा बढि अवधिको ब्याक्तिगत मुद्दती निक्षेपमा दुर्घटना तथा स्वास्थ्य बीमा समेत समावेश गरिएको छ ।

स्मार्ट टेलरद्वारा भुक्तानीको सेवा, क्युआरकोड भुक्तानीको सेवा, मोबाइल बैंकिङ्ग, एटिम कार्ड, अन्य आधुनिक बैंकिङ्क सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

संस्थाले २०७९ मंसिरसम्म रु. १२ अर्ब ४५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब ७४ करोड कर्जा लगानी रहेको छ ।

केन्द्रिय कार्यालय, नयाँ बानेश्वर काठमाडौंमा रहि न्युरोड, चाहविल, गंगवु, कलंकी, कुमारीपाटी, नारायणगढ, पर्सावजार, भरतपुर, टाँडी, गैंडाकोट, बुटवल, मुर्गिया, योगीकुटी, मनिग्राम, भैरहवा, धनगढी, इटहरी, विराटचोक, झुम्का, ईनरुवा, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा, बीरगञ्ज, लगायतका शाखाबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सम्बन्धित
Loading...