Skin_Hospital_Dhn

माननीयहरुलाई पौष ७ गते बिहिवार शपथ खुवाइने

आउँदो बिहिबार प्रतिनिधि सभाका सांसदहरुले शपथ ग्रहण गर्ने भएका छन् । संघीय संसद सचिवालयले पुस ७ गते शपथ ग्रहण समारोहको आयोजना गरेको छ ।

प्रतिनिधिसभा बैठक कक्षमा दिउँसो १ बजेदेखि कार्यक्रम शुरु हुनेछ । माननीयहरु ११ बजे नै समारोह स्थलमा उपस्थित हुनुपर्ने सचिवालयले जानकारी गराएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ७५ बमोजिम सांसदहरुलाई ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने छन् ।

सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र,नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको दुई वटा पासपोर्ट साइजको फोटोसहित राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पोशाकमा उपस्थित हुन भनेको छ ।

त्यस्तै,आफ्नो मातृभाषामा शपथ लिने सदस्यले मातृभाषा अनुवाद गरी तीन दिन अगावै सचिवालयलाई उपलब्ध गराउनुपर्नेछ ।

सम्बन्धित
Loading...