Skin_Hospital_Dhn

कैलालीमा करेन्ट लागेर एक युवकको ज्यान गयो

धनगढी ।
करेन्ट लागेर कैलालीमा एक युवकको ज्यान गएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत एक जना युवकको करेन्ट लागेर मृत्यु भएको हो।

सोही ठाउँ बस्ने २२ वर्षीय महेश भारतीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर भारती गम्भीर घाइते भएका थिए। उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...