नेतामाथि लगाइएका मुद्धा फिर्ताको माग गर्दै अत्तरियामा नेकपाद्वारा मसाल जुलुस

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सरकारले आफ्ना नेता कार्यकर्तामाथि लगाएका राजनीतिक प्रकृतिका मुद्धा फिर्ता लिन माग गरेको छ । देशव्यापी रुपमा चलेको कार्यक्रम अन्तरगत कैलालीको अत्तरियामा मसाल जुलुस निकाल्दै नेकपाले उक्त माग गरेको हो ।
अत्तरियामा बजारमा निकालिएको मसाल जुलुस पछि आयोजित कोण सभालाई सम्बोधन गर्दै कैलाली जिल्ला सेक्रेटरी बिनोदले ३ बुदे सहमति कार्यान्वयन गरी नेता कार्यकर्तामाथि लगाइएका मुद्धा फिर्ता गरिनुपर्ने बताए ।

‘नेपाल कम्युनिष्ट पार्टी संग नेपाल सरकारले २०७७ साल फागुन २० गते गरेको ३ वुदे सहमति अविलम्ब कार्यान्वय गरिनुपर्ने, ३ बुदे सहमति अनुरुप पार्टीमाथि लगाएको प्रतिवन्ध हटेपनि आजका दिन सम्म पनि ४० जना नेता कार्यकर्ता जेलमा रहेका छन’ उनले भने ‘२ हजार भन्दा बढीका नाममा मुद्धा रहेको छ । त्यो मुद्धा अहिले सम्म पनि फिर्ता हुन सकेको छैन् ।’ उनले सार्वजनीक मुद्धा फिर्ता भएपनि फौजदारी लगाइएका मुद्धा फिर्ता नभएको बताए ।

उनले यस्ता मुद्धा फिर्ताका लागि अध्यदेश ल्याइएको भएपनि त्यो प्रमाणिकरण नभएको बताए । ‘यस्ता मुद्धा फिर्ता लिन सरकारले पछिल्लो समय अध्यादेश ल्यायौ भन्यो । अध्यादेशपनि प्रमाणिकरण हुन सकेको छैन’ उनले भने ‘हाम्रो माग राजनीतिक सहमति कार्यान्वय गरी राजनीतिक प्रकृतिका मुद्धा खारेज हुनुपर्छ भन्ने हो ।’

सम्बन्धित
Loading...