काठमाडौंः सुदूरपश्चिमको धनगढीका लागि काठमाडौंबाट बिहान, दिउँसो र साँझ गरी दिनको चार/पाँच वटा उडान हुने गर्दछन्। खासगरी बिहान र साँझको सफा मौसममा उडेर जाने यात्रुलाई निकै भाग्यमानी मान्न सकिन्छ।

अझ भाग्यमानी त्यो हो जसले झ्यालको सिट पाउने गर्छ, झ्यालबाट देखिने मननै लोभ्याउने दुई सेती गोरी बहिनी बादल र हिमालको अद्भुत दृश्य, सेताम्मे हिमाल हाँसेर हेरिरहेकी अनि त्यो हातैले छोएको जस्तो अनुभूति हुने बादल, लाग्छ कि त्यो बादलमा अप्सराहरू नाचिरहेकी होलान्, त कतै दुई प्रेमिल जोडी मिठा बातमा हराएको जस्तो आभास हुने बेइमान मन।
सानी छोरी लुकामारी गर्दै छिन् यता उनकी आमा भने छोरी खोज्न नसकेर थाकेर सुस्केरा हाल्दै गरेको देखेर महादेव र पार्वती अर्को छेउमा बसेर खित्का छोडेर हाँसेको जस्तो देखिने कस्तो अचम्म !! जति हेरे पनि नअघाउने यो दृश्यले मलाई पागल बनाउला जस्तो भयो। यसैगरी निरन्तर यात्रा गरिरहूँ जस्तो लाग्ने यो यात्राको अन्त्य कतै नलेखेको होस झैँ लाग्ने।
प्लेनमा बसेर हेर्दा यति लोभिने यो मन त्यतै बस्न पाए त निकै बेइमान हुन्थ्यो लाग्न थाल्यो !!
बयान गर्न नसकिने त्यो बादल र हिमालको काखमा प्लेनबाटै हाम फालौँ झैँ लाग्यो !!
