Skin_Hospital_Dhn

अछामको साफेबगरमा बिमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न , बिमा तथा दाबी सहज हुनुपर्ने माग

अछामको साफेबगरमा बिमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

धनगढी । अछामको साफेबगरमा बिमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल बिमा प्राधिकरणको आयोजनामा बिमा सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

बिमा प्राधिकरणका सुदूरपश्चिम प्रमुख ओम बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अथिति कार्यवाहक नगर प्रमुख मक्कर कुंवर
र विशिष्ट अतिथि निमित्त प्रमुख प्रशासकिय अधिकृत पुष्प बुढा रहेका थिए ।

कार्यक्रममा सबै वडाका अध्यक्ष , कृषि शाखा,पशु शाखाका कर्मचारी,बिमा अभिकर्ता, पत्रकार लगायत अगुवा कृषकको समेत सहभागिता रहेको थियो ।

जीवन तथा निर्जिवन बिमाको नेपालको अवस्था बारे प्रदेश प्रमुख अधिकारिले प्रकाश पारेका थिए । भने सहभागिका गुनासो तथा प्रश्नको उत्तर युनाइटेड इन्स्योरेन्स कम्पनि नेपाल लि .अछाम शाखा प्रमुख प्रेम राज रेग्मीले दिएका थिए । साथै कार्यक्रममा सहभागिले कृषि बिमा अन्र्तरगत सम्पुर्ण खाद्यान्न बालि तरकारि, फलफुलको बिमा तथा दाबी सहज हुनुपर्ने माग राखेका थिए ।

उक्त कार्यक्रमको संचालन नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक दिपक ज्ञवालिले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य नेपाल बिमा प्राधिकरण धनगढी शाखाका आइटि अफिसर खेमराज जोशीले राखेका थिए ।

कार्यक्रममा करिव ९० जनाको सहभागिता रहेको थियो ।

 

सम्बन्धित
Loading...