
डोटीः डोटीमा नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउँद सेती नदीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार हिजो (बिहीबार) पौडी खेल्ने क्रममा उनीसँगै उनका साथिपनि नदीमा डुबेका थिए । उनीसँगै डुबेका चार वर्षीय मिलन साउँदको स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ ।

बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् । दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जानकारि दिएको छ ।
