धनगढी ।
थारु होमस्टे गाउँ भादा कैलालीमा महोत्सव हुने भएको छ।
संरक्षण सम्बर्द्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले यहि पुस १४ देखि १७ गते सम्म महोत्सव सञ्चालन गर्ने भएको हो।
थारु कला, संस्कृति, भेषभुषा र खानपान लोप हुन लागेको अवस्थामा युवा पुस्तालाई जानकारी दिने उद्देश्यले हरेक वर्ष महोत्सवको आयोजना गर्दै आईरहेको भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नरायण चौधरीले बताएका छन्।
थारु होमस्टे गाउँ भादामा २०६८ सालदेखि महोत्सवको आयोजना हुँदै आईरहेको छ।
