घर -घरमा हिंसा छ : अन्तर पार्टी महिला संञ्जाल महासचिव पन्त

 

धनगढी । अन्तर पार्टी महिला संञ्जालकी महासचिव कमला पन्तले घर -घरमा हिंसा भएको बताएकी छिन् ।

अन्तर पार्टी महिला संञ्जाल केन्द्रिय कार्य समितिले धनगढीमा आयोजना गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ र लैङ्िगक हिंसा निति सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081
Gaurishankar Dental

‘अहिले घर घरै हिसा छ , कुनै परिवारमा मानसिक हिंसा छ कुनै परिवारमा राजनीतिक हिंसा छ ,हामीलाई कुन पार्टीले के गर्यो भन्ने सङ्ग भन्दा पनि कुन महिला माथी कस्तो हिंसा भयो भन्ने सङ्ग अर्थ छ उनले भनिन्’ । त्यसैले हिसा बेहोर्नु परेको र सहेको महिलालाई ख्याल गरेर अन्तर पार्टी महिला संञ्जालले समुदाय भित्र छिर्नु पर्ने बताईन ।

्उनले आफु पढ्ने बेलाको सम्झना गर्दै दिनको १२५ जना महिला बेचबिखनमा पर्थे ,भारतको धेरै नगरीहरुमा पुर्याईन्थे तर अहिले भारत नभई विश्वकै नगरीमा महिलाहरु भैतारीदै कोहि कामको खोजीमा कोहि ठगीएर पुगेको हामी सबैलाई थाहा छ त्यसैले त्यो समस्याको समाधान खोज्ने र छलफल गर्न हामी नेतृत्व गर्ने संञ्जालका महिलाले अगुवाइ गर्नु पर्ने हुन्छ ।

पहिलेको तुलनामा अहिले मातृमृत्युुदर राम्रै सङ्ग घटेको छ तर हिंसा घटेको छैनन् त्यसका लागि समेत छलफल गर्नु पर्ने महासचिव पन्तले बताइन् ।

DHN_Aaglagi
सम्बन्धित
Loading...