

धनगढी: धनगढीमा अवैध रूपमा भन्सार छली गरी ल्याएका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उप—महानगरपालिका—२ तिलके तालबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका अन्दाजी ५१,६०० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।
प्रहरीका अनुसार भन्सार छली गरी ल्याएका कुर्ति बुधवार बिहान प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी बरामद गरी नियन्त्रणमा लिएको हो । उल्लेखित सामान आवश्यक कारबाहीका लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
