
धनगढी । अन्तर पार्टी महिला संञ्जाल केन्द्रिय कार्यसमितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ र लैङ्िगक हिंसा निति सम्बन्धि छलफल कार्यक्रम धनगढीमा सम्पन्न गरेको छ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ र लैङ्िगक हिंसा निति सम्बन्धि सबै महिलाहरुको अनुभव साटासाट गर्ने , महिला हिैसा न्यूनीकरण गरी राज्य पक्षलाई कसरी जिम्मेवार बनाउने र राष्ट्रिय मुद्दामा पुरुष सरह बलियो भएर कसरी अगाडि बढ्न सकिन्छ भन्दै पुनर्ताजगीका लागि छ्लफल गर्नु कार्यक्रमको उद्देश्य रहेको थियो ।
कार्यक्रममा अन्तरपार्टी महिला संञ्जालकी अध्यक्ष यशोदा सुवेदीले प्रजनन स्वास्थ अधिकार सम्बन्धि प्रशिक्षण दिएकी थिईन भने संञ्जालकि महासचिव कमला पन्तले सुरक्षित मातृत्व र प्रसुती सेवा सम्बन्धि प्रकाश पारेकी थिइन् र कार्यक्रमको संचालन अन्तरपार्टी महिला संञ्जालकी सुदूरपश्चिम प्रदेश महासचिव सरस्वती बस्नेतले गरेकि हुन् ।

कार्यक्रममा सहभागीहरुले महिलाहरुलाईे अगाडि बढाउन आर्थिक रुपमा सशक्त बनाउनु पर्ने , एक अर्का सङ्ग हातेमालो गर्नुपर्ने , बनेका कानुन कार्यान्वयन हुनु पर्ने, निशुल्क सेवाका नाममा स्वास्थ संस्थामा पैसा तिर्नु पर्ने बाध्यता हटाउनु पर्ने बताए र कतिपय महिलाले स्थानीय स्वास्थ संस्थामा गर्भवती महिलाले आईरन चक्की समेत प्रयाप्त नपाएको अनुभव सुनाएका थिए ।
महिला संञ्जालका जिल्ला समिति , प्रदेश समिति , विभिन्न पार्टीका भातृ संस्था , भातृ संस्थाका पदाधिकारी ,संञ्जालका पुर्व अध्यक्ष ,सदस्य , पार्टीका बरिष्ठ नेता ,मन्त्रीहरु , निवर्तमान र नव निर्वाचनचित प्रतिनिधि र प्रदेश सभा सदस्यका साथै सामाजिक विकास मन्त्रालयका सचीव लगायतको उपस्तिथि रहेको कार्यक्रममा ८६ जनाको सहभागिता रहेको थियो ।
अन्तर पार्टी महिला संञ्जाल सम्पुर्ण राष्ट्रिय पार्टीहरुको महिलाहरुको उपस्थितिमा भएको एउटा संगठन हो। संञ्जालका सम्पुर्ण पदाधिकारीको नेतृत्व १ बर्षमा परिवर्तन हुने गर्दछ र हरेक बर्षको २३ गते यसले नेतृत्व परिवर्तन गर्ने गर्दछ।यस्को जिल्ला , प्रदेश र नगर कमिटी रहेका छन् । यस संजालको माग फिल्डमै गएर एक तिहाई महिलाले चुनाव लड्न पाउनु पर्ने भन्ने हो । यो संगै पालिका कसरी बलियो बनाउने , जिल्ला कमिटीलाई कसरी एक्टिभ बनाउने र प्रदेश समितिलाई कृयाशील बनाएर एक तिहाई महिलाले टिकट लिएर चुनावमा जाने समेत यसको उद्देश्य रहेको छ। बिशेश गरी महिलाहरु लाई कसरी कृयाशील बनाउने र कसरी सिस्टममा हिंडाउने भन्ने कुरामा जोड दिने गर्दछ ।
राजनीतिमा महिलाको नेतृत्व सुरक्षित गर्न अन्तरिम संविधानमा एक तिहाई महिला को ग्यारेन्टी गरेर संविधान बन्दा सम्म ६०१ जनामा एक तिहाई महिलालाई समेत संञ्जालले ल्याएको थियो। यस संञ्जालले ६२-६३ को आन्दोलनमा ठुलो भुमिका निर्वाह गरेको थियो ।
