
प्रदेश युवा परिषदको आयोजनामा प्रादेशिक युवा नीति माथि छलफल तथा राय शुझाव संकलन कार्यक्रम
प्रादेशिक युवा नीति माथि छलफल तथा राय शुझाव संकलन कार्यक्रम सम्पन्न
धनगढी । प्रदेश युवा परिषदको आयोजनामा धनगढीमा प्रादेशिक युवा नीति माथि छलफल तथा राय शुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेश युवा परिषदले आयोजना गरेको प्रादेशिक युवा नीति माथि छलफल तथा राय शुझाव संकलन कार्यक्रम युएनयाफपिए र फाया नेपालको सहकार्यमा सम्पन्न भएको हो ।

प्रादेशिक युवा निति मस्यौदा माथि छलफल र राय सुझाव संकलन पछि फाईनल ड्राफ्टका रुपमा निति तयार गरेर नयाँ सरकार गठन भए लगत्तै बुझाउने तयारी रहेको प्रदेश युवा परिषदले जनाएको छ।
प्रदेशको युवा नितिमा शिक्षा , स्वास्थ ,रोजगार , कला ,संस्कृति लगायत युवाहरूका लागि आवश्यक सम्पुर्ण कुरा समेटेर प्रदेशको लागि निति तयार गर्न लागेको र त्यही नितिका आधारमा आगामी दिनमा प्रदेश सरकारले युवाहरूका कार्यक्रम संचालन गर्ने प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरले बताए ।
उत्साहजनक युवाहरुको उपस्थितिमा रायसुझाव संकलन गरेर युवा नितिमा समावेश गरेर अन्तिम मस्यौदा तयार गर्ने कुवँरले बताएका छन् ।

प्रादेशिक युवा निति मस्यौदा माथि छलफल र राय सुझाव संकलन कार्यक्रममा विभिन्न संघसस्था बाट प्रतिनिधित्व गर्ने युवा,कार्यक्रममा सहभागी युवाहरु मध्ये अधिकाशले युवाहरुका लगि निर्माण हुनुपर्ने निति स्वदेशमै सिपयुक्त र प्राबिधिक जनशक्ति तयार गर्ने खालको हुनुपर्ने र त्यस्तै निति सहजै कार्यान्वयनमा जान सक्ने हुनुपर्ने कुरा मा जोड दिएका थिए ।
प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुवँरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक मन्त्रालयका सचीव दिपक लामिछाने,कानुन अधिकृत दान बहादुर सुनार,प्रदेश निति तथा योजना आयोगका सदस्य प्रा.डा.तिलक सिंह रावल लगायत विभिन्न क्षेत्रका युवाहरुको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन प्रदेश युवा परिषदका कार्यकारी सदस्य शेर बहादुर बिस्टले गरेका थिए ।
प्रादेशिक युवा नीति माथि छलफल तथा राय शुझाव संकलनमा अहिले सम्म , युवाको गुणस्तरीय, व्यावसायिक, बृहत यौनिकता शिक्षा एवं जीवनोपयोगी शिक्षामा सहज पहँुच र अवसर सुनिश्चित गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न योग्य सक्षम युवामा उद्यमशीलता विकास गर्र्ने,युवाको स्वास्थ्य, शारीरिक तन्दुरुस्ति र सामाजिक सुरक्षाकालागि गुणस्तरीय र सुलभ स्वास्थ्य सेवामा पहुँच विस्तार ,प्रदेशको विकास र समृद्धिका लागि युवाको नितिगत र संरचना तहमा स्थानीय तह सम्म अर्थपुर्ण सहभागीता र नेतृत्वलाई सुनिश्चित जस्ता प्रादेशिक युवा नीति समेटिएका छन् ।
राष्ट्रिय युवानितिमा युवा सम्बन्धि निति तथा कार्यक्रमहरु भए पनि अहिलेसम्म प्रदेश सरकार अन्तर्गत युवाहरुका लागि कुनै निति बन्न सकेको छैन ।
नेपालको संविधान, पन्ध्रौ पञ्चवर्षिय योजना र सुदूरपश्चिम प्रदेशको प्रथम पञ्चवर्षिय योजनाले विकास र समृद्धिका लागी युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सास्कृतिक अधिकारको पुर्ण उपयोगको वातावरण सिर्जना गर्ने, युवाको सशक्तीकरण र विकासका लागी गुणस्तरिय शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद लगायतका क्षेत्रमा बिशेष अवसर प्रदान गर्दै ब्यक्तित्व विकास गर्नेतथा प्रदेशको सर्वाङ्गीण विकासमा योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नितिगत व्यवस्थालाई कार्यान्वयन गर्ने सन्दर्भमा सुदूरपश्चिम प्रदेशको युवा नितिको आवश्यकता रहेको छ ।
