प्रिय सज्जन वृन्द,
यो वर्ष २०८० सालको दुर्वाष्टमी गौर पर्वको विषयमा हाम्रा सुदूरपश्चिमका विद्वान, ज्योतिविद् र शास्त्रविद्हरूबीच मुख्य अगस्ति उदयको कारण परी आगामी भाद्र ७ गतेमा मनाउने कि, भाद्र २१ मा मनाउने भन्ने विवादले सल्बलाएर मैले पनि आफ्ना विचारहरू, राखेको छु, पढेर यथार्थ बुझिदिन हुन अनुरोध गर्दछु।
सबैभन्दा पहिले ‘अगस्ति’ भनेको के हो?
पृथ्वीको बीच बाट पूर्व पश्चिम गएको भूमध्य (विषु–यत्) रेखाले उत्तरार्ध र दक्षिणार्ध छुट्याउँछ। उत्तरको अन्तिम बिन्दु उत्तरी ध्रुव र दक्षिणको अन्तिम बिन्दु दक्षिणी ध्रुव हो। दुवैतिर पूर्व पश्चिम तानिएका काल्पनिक ९०/९० अक्षांश रेखाहरू छन्। उत्तरको अन्तिम विन्दुमा अचल (स्थिर) ध्रुवताएलाई, सधै देख्दछौँ। किनभने हामी पृथ्वीको उत्तर गोलार्धमा बस्ने हुनाले। त्यस्तै किसिम–तो पृथ्वीको दक्षिणी ध्रुवमा मात्रै सधै अचल (स्थिर) रहने एउटा ‘अगस्ति तारा’ हो। यसरी अगस्त्य मुनि एक ताराको रूपमा किन दक्षिणी ध्रुवमा बस्दा भए? यस्को पुष्टि पुराणहरूले गरेका छन्।
–अगस्ति ‘उदय’ ‘अस्त’ के?
यी अगस्ति तारा सूर्य चन्द्रमा जस्तै पूर्वमा उदाउने र पश्चिममा अस्ताउने तारा होइनन्। यो पृथ्वीको वार्षिक गतिको कारणले जेष्ठ महिनादेखि हामी देख्दैनौं अस्तभयो भन्दछौँ र भाद्रदेखि मेरी दक्षिण तिर देखिन थाल्दछ, हामी उदय भयो भन्दछौं।
अब अरु कार्यमा होइन केवल भाद्र महिनामा अगसत्योद भएपछि दुर्वाष्टमी गौरा व्रत नगर्नु गरेपछि अनिष्ट हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
के को आधारमा अगस्ति उदाउँछ ?
जति जति हामी विषुपत (भूमध्य) रेखादेखि उत्तर जान्छौँ उति उति तारा ढिला देखिन्छ, हुन पनि हो। दक्षिणको तारा दक्षिण वालाले छिटो देख्छन् उत्तर वालाले दाढा हुँदै जाँदा ढिलो देख्दछन्। यो अस्तौदय प्रत्येक वर्षको पञ्चाङ्गमा गणित गरेर स्पष्ट देखाएको हुन्छ। पञ्चाङ्गको मुख्य आधार गणितले निश्चित ठाउँको पलभा (भूमध्य विषुपत रेखादेखि को नाप) र अक्षांशहरूबाट साधना गरिएका तथ्यहरू सदा सर्वदा सिद्ध छन्।
‘प्रत्यक्ष ज्योतिष शास्त्र चन्द्रार्क यत्र साक्षिणौ’
गणित सत्य हुन्छ भन्नेकुरा सूर्य चन्द्रमाले प्रमाणित गर्दछ । यसमा पुराण, शास्त्रहरु र केही चाल चलन हरुले पनि आगोमा घिउ थप्छ।
यसवर्ष (२०८०) नेपालमा कहिले कतिखेर अगस्त्योदय भयो नेपाल पञ्चाङ्ग समितिबाट स्वीकृति प्राप्त पञ्चाङ्गहरूले काठमाडौं राजधानीलाई केन्द्र विन्दुमानी काठमाडौंकै पलभार अक्षांशबाट आगामी भाद्र २० गते २८.३ बजे उदय राखेको छ, जहाँको पलभामा राखिन्छ त्यहीको उदय मानिन्छ । तर ३ वर्ष अगाडि भाद्र १९ मानै उदाउँथ्यो। जे जस्तो भएपनि गणितीय आधारले मान्य र स्वीर्काय छ तर यहाँ सुदूरपश्चिमका जिल्लाहरूका फरक-फरक पलभाबाट निकालिएको अगस्त्योदय फरक दिन–फरक समयमा भएको गणितीय प्रबल प्रमाण छ। जति उत्तर जान्छौँ उति उति पलाभा अक्षांश बढ्दछ र अगस्त्य पनि ढिला उदाउँछ। अब नेपालको नक्सा हेरौं जुन (२७°–३३ उत्तरी) मा काठमाडौं छ, त्यसको बरावर वा मुनि सुदूरपश्चिमका कुनै जिल्लाहरू छैनन्।
सबभन्दा नजिकको कैलाली (धनगढी) २८°–४१ हो। अब यस प्रदेशका सबै जिल्लाहरूको २०८० को मात्र अगस्ति उदय हेरौँ।
१– कैलाली (धनगढी)
अक्षांश २८।४१ पलभा ६।३३।५७ अंगुलादि अनुसार भाद्र २१ गते ८ बजे बेलुकी उदय ।
२–कञ्चनपुर (महेन्द्रनगर)
अक्षांश २८।५७ पलभा ६। ३८।१६ अ. अनुसार भाद २२ गते बिहान ८ बजे उदय
३– अछाम (मंगलसेन)
अक्षांश २९।८ पलभा ६।४१। १९ अ. अनुसार भाद २२ बेलुकी ६ बजे उदय
४– डोटी (सिलगढी)
अक्षांश २९।१६ पलभा ६।४३।३१ अ. अनुसार भाद्र २२ गते राति ३ बजे उदय
५–डडेल्धुरा (डडेल्धुरा)
अक्षाश २९।१८ पलभा ६।४४।४ अनुसार भाद्र २३ गते बिहान ६ बजे उदय
६– बैतडी र बझाङ
अक्षांश २९।३३ पलभा ६।४८।१३ अनुसार भाद्र २३ गते बेलुकी ४ बजे उदय
५– बाजुरा
अक्षांश २९।२७ पलभा ६।४६।३३ अनुसार भाद्र २३ गते बिहान १० बजे उदय
६– दार्चुला (दार्चुला)
अक्षांश २९।५१ पलभा६।५३।१२ अनुसार भाद्र २४ गते बिहान ७ वजे उदय
उक्त किसिमको अक्षाशंपलभाबाट प्रमाणिकरण भएको गणितमा मलाई दृढ विश्वास लाग्दछ। हाम्रायस क्षेत्रका पुरख्र्यौली पञ्चाङ्गकारहरूले डडेल्धुरा अजयमेरुकोट वा डोटीको राजपुरलाई केन्द्र मानी पलभा ७ बाट अगस्ति लगाउँदा सबै ठाउँमा भाद्र २३/२४ गते मात्रै उदाउँछ । अवश्य नै यो मिल्दो जुल्दो प्रमाण छ।
अब अन्तमा सबै दोष रहित मुहूर्त भनेको साच्चै मुहूर्त हो। थोरै समयको लागि पनि मुहूर्ते छ भने त्यसैमा कामगर्नु इष्ट मानिन्छ। पछि भाद्र २१ को गौरा व्रतमा पुत्रदा एकादशीको व्रत भयो, श्रावणी पूर्णिमा (रक्षा बन्धन पनि भयो श्रावणी पूर्णिमा अघि पनि व्रत नगर्नु भनेको छ। यो २१ गतेको दिनमा सुदूरपश्चिम प्रदेश वा मानस खण्डभरि अगस्ति तारा पनि न उदाएको हुनाले साथै परम्परागत चलनमा पनि मिल्न गएको हुँदा कुनै अनिष्टताको शंका नलिई पछि भाद्र २१ गतेको गौरा दुर्वाष्टमीको व्रत गर्न उपयुक्त मानिन्छ साथै आगामी यस वर्षको गौरा पर्वको उपलक्षमा सम्पूर्ण व्यक्तित्त्व महानुभावहरूमा सुस्वास्थ्य दीर्घायु आर्थिक प्रगति तथा धार्मिक भावनाको वृद्धिको लागि मंगलमय शुभकामना व्यक्त गर्दछु।
विनित
प्रेमराज अवस्थी
खिपाली पाटन, बैतडी
हाल– कृष्णपुर नगरपालिका–८ रैकवार विचवा, कञ्चनपुर
9848625265
