
महेन्द्रनगर । दोधारा चाँदनीलाई सुन्दर नगर बनाउँन लागिपरेको दोधारा चाँदनी नगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष ओम बस्नेतले बताएका छन् ।

बुधबार प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको आयोजना तथा कञ्चनपुर शाखाको संयोजनमा दोधारा चाँदनीमा आयोजित प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको पुर्ण बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

त्यही क्रममा उनले दोधारा चाँदनीमा ५० शैयाको अस्पतालको आवश्यकता रहेको र आफुहरु यो प्रयासमा लागेको बताएका छन् ।
‘सुरुमा १५ शैयाको अस्पताल बनाउने भन्ने थियो, १० शैया बन्दै छ, अब यसलाई ५० शैयाको अस्पताल बनाउनुपर्छ उनले भने’।यो संगै दोधारामा सुख्खा बन्दरगाह, रिङरोड, सिचाईका लागि नहर लगायतका थुप्रै विकास निर्माणका लागि प्रयास जारी जारी रहेको अध्यक्ष बस्नेतले बताए।
