Skin_Hospital_Dhn

प्रेस युनियन प्रदेश महाअधिबेशनका लागि धनगढीमा सचिवालय तथा मिडिया सेन्टर उद्घाटन

 

धनगढी । धनगढीमा पुस २७ र २८ गते हुने नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम महाधिवेशनका लागि सचिवालय तथा मिडिया सेन्टरको स्थापना गरिएको छ । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीले एक कार्यक्रमका बीच सचिवालय तथा मिडिया डेक्सको उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष केसीले देश संघीयतामा गइसकेपछि नेपाल प्रेस युनियनले पनि आफ्नो संरचना परिमार्जित गरेको बताए । ‘संघीयताको मर्म अनुसार नै हामीले पनि नेपाल प्रेस युनियनको संरचना बदलेका छौँ,’ उनले भने,‘सोही अनुसार पुस २७ र २८ गते सुदूरपश्चिम प्रदेशको प्रथम महाधिवेशनलाई लक्षित गर्दै धनगढीमा सचिवालय तथा मिडिया सेन्टरको स्थानपना गरिएको हो ।’

नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन पुस २७ र २८ गते हुने भएको छ । केन्द्रिय कार्यसमितिको आयोजना तथा जिल्ला शाखा कैलालीको आतिथ्यमा धनगढीमा दुई दिन प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनलाई सफल पार्न केन्द्रिय उपाध्यक्ष सुदूरपश्चिम का प्रेम चुनाराको संयोजकत्वमा मुल समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ । मुल समितिमा ६७ सदस्यीय बनाईएको छ ।

अधिवेशन सफल पार्न युनियनका केन्द्रिय सदस्य पुष्पराज जोशीको संयोजक र नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष सह–संयोजक रहने गरि १८ सदस्यीय आर्थिक समिति गठन गरिएको छ भने नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भरत शाहको संयोजक र नेपाल प्रेस युनियन कैलालीका सचिव सीताराम ओझा सह–संयोजक रहने गरि सात सदस्यीय अतिथि सत्कार, आवास तथा भोज उपसमिति गठन गरिएको छ ।

यस्तै, नेपाल प्रेस युनियन जिल्ला सदस्य कृत विष्ट संयोजक र अनिता चौधरी सह–संयोजक रहने गरि छ सदस्यीय मञ्च तथा हल व्यवस्थापन उपसमिति र नेपाल प्रेस युनियन कैलाली अध्यक्ष श्रवण देउवा संयोजक र जिल्ला सदस्य शेरबहादुर ऐर सह–संयोजक रहने गरि छ सदस्यीय सचिवालय तथा मिडिया सेन्टर उपसमिति गठन गरिएको छ ।

Loading...