Skin_Hospital_Dhn

नव निर्वाचित प्रतिनिधि सभा सदस्य एकनाथ ढकाललाई बधाई दिन सुदूरपश्चिम प्रदेश संयोजक सहितको टोली काठमाडौंमा

धनगढी । नेपाल परिवार दल सुदूरपश्चिम प्रदेश संयोजक खडक नागरी सहितको टोली प्रतिनिधि सभाका नव निर्वाचित सदस्य एकनाथ ढकाल लाई बधाई दिन काठमाडौ पुगेको छ । प्रतिनिधि सभाको सदस्यमा तेश्रो पटक निर्बाचित भएका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल बधाई दिन उनीहरु काठमाडौ पुगेका हुन् ।

बधाई दिनका निम्ति परिवार दलका सुदूरपश्चिम संयोजक प्रदेश खडक नागरी र केन्द्रीय सदस्य धर्म बहादुर रोकाया र कंचनपुर जिल्ला महेन्द्रनगरकी जिल्ला सदस्य गौरी एस.के लगायतको टोली बधाई कार्यक्रममा सहभागी थियो ।

परिवार दलका केन्द्रीय अध्यक्ष एक नाथ ढकाल तेस्रो पटक सांसद बन्न सफल भएकोमा , संयोजक नागरीले खुसी ब्यक्त गर्दै, यो जित सम्पुर्ण नेपाली एक परिवार हौ भन्ने जनताको जित भएको र माननीय ढकाल ज्युको पहलमा अब अधुरा योजना पूरा गर्ने बताए ।

Loading...