आजको मौसम
मुलुकका धेरैजसो स्थानमा हुस्सु
नेपालको पूर्वी भू—भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा हुस्सु लागेको छ ।
आज दिउँसो पहाडी भू—भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहनेछ ।
शनिबार पहाडी भू—भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने बाँकी भू—भागमा आंशिक बदली रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको पनि आकलन गरिएको छ । हिमाली भू—भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।