
सल्यान: सल्यानमा आफ्नै आमाको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका—१३ माथिल्लो सल्यान चौर बस्ने २३ वर्षीय नवीन भण्डारी आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।


प्रहरीका अनुसार नवीनले एक्कासि आफूलाई देउता चढेको भन्दै कोठामा गई पैयाँको लट्ठीले आफ्नै ४८ वर्षीया आमा शारदा भण्डारीको टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यानीखालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
