यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैनः लामीछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई आकर्षक तलबसहित आफूले विमानस्थलमा स्वागत गर्न आतुर रहेको बताएका छन् ।

Gaurishankar Dental

चितवनमा बसेर काम गर्न तयार व्यक्तिलाई सीईओका रुपमा भित्र्याउन तयार रहेको उनले बताएका छन् ।

“यो देशमा मान्छे बाकसमा मात्र फर्किनुपर्छ भन्ने छैन । विदेशमा रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वेदशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई खाँचो परेको छ । हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत सीईओ भएर विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एयरपोर्टमा स्वागत गर्न तयार छु । कति बाकसमा मात्रै फर्किने ? अब आकर्षक जागिरका लागि श्वास र आस लिएर नेपाल आउने नि, हैन त ? सुरुवात एकजनाबाट, थप योजना सार्वजनिक गर्दै जाउँला । आफ्नो सीभी मलाई पठाउनुहोला । म तपाईँलाई लिन आफैं एयरपोर्ट आउँछु,” लामिछानेले सामाजिक सञ्जालमा भनेका छन् ।

सम्बन्धित
Loading...