Skin_Hospital_Dhn

आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी

जाडोयाम बढेसंगै शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका उपाय अपनाउने गरिन्छ । तर, पर्याप्त सावधानी नअपनाउँदा अप्रिय घटना समेत हुने गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस्ता कार्य गर्दा सावधानीका विभिन्न उपायहरू अपनाउन सुझाव दिएको छ ।

यस्ता छन् मन्त्रालयका सुझाव–
१. हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्ने गरौँ ।
२. कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नतापौँ ।
३. आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडाजस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराखौँ ।
४. आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउने गरौँ ।
५. हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्ने गरौँ ।
६. सुत्नुअघि अनिवार्य रूपमा हिटर निभाउने गरौँ ।
७. गिजरको मुख्य मेसिनलाई बाथरुमबाहिर खुला ठाउँमा जडान गरौँ ।
८. गिजर खोलेर लामो समयसम्म बाथरुममा बस्ने नगरौँ ।

Loading...