Skin_Hospital_Dhn

कञ्चनपुरको दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा

कञ्चनपुरः कञ्चनपुरको दोदा नदीमा रहेको झुलङ्गे पुल जोखिममा परेको छ । जिल्लाको लालझाडी गाउँपालिका वडा नम्बर–४ दोदा नदीमा रहेको झुलङ्गे पुल अविरल वर्षा र नदी कटानका कारण जोखिममा परेको हो ।

गत वर्ष एम आर ई डी परियोजनाद्वारा निर्माण गरिएको जैविक तटबन्ध एक चोटीको बाढीले नै भत्काई दिएको छ ।

नदीले कटान गर्दै आइरहेकोले यसको विकल्प स्थानीय सरकारले नसोचे यो पुल भत्किने स्थानीयहरुले बताएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारकाले यसको तुरुन्त अनुगमन गर्नुपर्ने र पुललाई कसरी सुरक्षित राख्न सकिन्छ त्यस तर्फ पहल गर्नुपर्ने स्थानीयको भनाई छ ।

Loading...