सुदूरपश्चिममा पहिलो पटक अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रदेश स्तरीय ह्विवल चियर बास्केट बल प्रतियोगिता
धनगढी । सुदूरपश्चिममा पहिलो पटक अपाङ्गता भएका व्यक्ति हरुका लागि प्रदेश स्तरिय ह्विवल चियर बास्केट बल प्रतियोगिताको आयोजना भएको छ ।
प्रादेशिक स्वास्थ प्रबर्द्धन केन्द्र सुदूरपश्चिमका प्रदेश,कंचनपुरको आयोजना र समावेशी पारा एथलेटिक्स स्पोर्ट्स क्लवको समन्वयमा स्वास्थ्यका लागि खेलकुदू भन्ने मुल नाराका साथ धनगढीमा अपाङ्गता भएका व्यक्तिहरुका लागी प्रदेश स्तरिय ह्विवल चियर बास्केट बल प्रतियोगिता भएको हो ।
अपाङ्गता भएका व्याक्तिहरुले पनि राष्ट्र« लागि खेलकुद स्वास्थ्यका लागी खेलकुद भन्ने अवधारणालाई अवलम्बन गर्न सक्छन् । यो संगै उनिहरुको शारीरीक र मानसिक बिकासका लागि खेलले महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै अपाङ्गता भएका ब्यक्तिले केहि गर्न सक्दैनन् भन्ने समाजमा रहेको दृष्टिकोण चिर्नका लागी समेत यस किसिमका खेलकुदको आवश्यकता रहेको राष्ट्रि«य अपाङ्ग महासंघका सुदूरपश्चिम सचिव नन्दराज भट्टले बताए ।
ओछ्यानमा सुतेर बसेका पनि अहिले आफुलाइ उर्जावान बनाएर आफ्नो प्रतिभा देखाउन ,आफ्नो आत्मबल बढाउन, आफुलाई बढावा दिन प्रतियोगीतामा सहभागी भएर उत्साहापूर्ण ढंगबाट लागेको राष्ट्रिय खेलकुद परिषद सुदूरपश्चिम खेलकुदका सदस्य जिवन भट्टले बताए ।
अपाङ्गता भएका व्याक्तिहरुका लागी खेलकुद बजेट बिनियोजन नहुने र अवसर पनि नपाउने हुँदा उनीहरुलाइ यो खेलको माध्यमबाट स्वास्थ्य र मानसिक अवस्था बिकास गर्नका लागि प्रतियोगिताको आयोजना गरेको प्रादेशिक स्वास्थ्य प्रवर्धन केन्द्र सुदूरपश्चिम प्रदेश कञ्चनपूरका प्रमुख हेमराज खड्काले बताए ।
सुदूरपश्चिममा पहिलो चोटी अपाङ्गता भएका व्यक्तिका लागि आयोजना भएको बास्केट बल प्रतियोगीतामा भाग लिन पाउदा आफु सारै खुसी भएको र अपाङ्गता भएका व्यक्तिहरुलाइृ हौसला दिन अब सरकारले यस किसिमका खेललाई निरन्तरता दिनुपर्ने प्रतियोगीतामा सहभागी बर्दगोरीयाका खेलाडी भीम कुस्मिले बताए ।
प्रदेश स्तरिय ह्विवल चियर बास्केट बल प्रतियोगितामा धनगढी, टिकापूर र महेन्द्रनगर बाट तिनओटा टिमको सहभागीता रहेको थियो । सहभागी तिन समुहमध्ये प्रथम हुने धनगढीले नगद रु २४००० द्धितिय हुने टिम टिकापूरले रु १२००० र तृतिय हुने टिम महेन्द्रनगरले रु ६००० प्राप्त गरेको छ । प्रतियोगीतामा राइजिङ प्लेयर धनगढीका सुरज लाल चौधरी भएका थिए । त्यस्तै हाइएस्ट स्कोरर् धनगढीका अशोक राना र बेस्ट प्लेयर टिकापूरका थम्मन चौधरी भएका थिए ।