
आजको मौसमबारे मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ। आज देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

यतिबेला गण्डकी र बागमती प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू—भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका हिमाली भू—भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
