१ दिने क्यान्सर रोग सम्बन्धी निशुल्क स्वास्थ्य चेकजाँच तथा स्क्रिनिंग कार्यक्रम सम्पन्न
कुल २८६ जनाले सेवा प्राप्त गरे
धनगढी ।

धनगढी उप-महानगरपालिकाको आयोजना र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा, बाँकेको समन्वय र सहकार्यमा मिति २०७९ पौष ९ गते बेली शहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा १ दिने क्यान्सर रोग सम्बन्धी निशुल्क स्वास्थ्य चेकजाँच तथा स्क्रिनिंग कार्यक्रम सम्पन्न भएको छ ।
उक्त शिविरमा महिला २२९ र पुरुष ५७ जना गरि कुल जम्मा २८६ जनाले सेवा प्राप्त गरेका छन । जसमध्ये ८८ जना महिलाको पाठेघरको क्यान्सरको लागि स्क्रिनिंग जांच VIA(Visual Inspection with Acetic acid) गर्दा १८ जना पोजिटिभ फेला परेका छन भने १३ जना थप शंकास्पद क्यान्सर रोगीलाई अनुसन्धानको लागि प्रेषण गरिएको छ । शिविरमा सेवा लिने मध्ये १४ जना क्यान्सर फलोअप केस थिए भने ७४ जनाको भिडियो एक्सरे गरिएको थियो ।
