Skin_Hospital_Dhn

दक्षिण भारतको प्रशिद्ध विश्वविद्यालयसँग एसपीएको भागिनी सम्बन्ध स्थापना, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान हुने

धनगढी।

दक्षिण भारतको प्रशिद्ध भारत विश्वविद्यालय ९इन्सिच्युट अफ हाइअर एजुकेसन एण्ड रिसर्च, बेहर० र धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपीएबीच भगिनी सम्बन्ध स्थापना भएको छ। सम्झौतापत्रमा एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्याय र भारत विश्वविद्यालयको नामले परिचित बिहेरका उपकुलपति प्राध्यापक डा बैकण्टेस बाबुले हस्ताक्षर गरे।

सम्झौताअनुसार दुबै संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामाग्री तथा पुस्तकहरु तथा अनुसन्धान सामाग्रीहरुको आदानप्रदान हुनेछ। ‘अध्ययन, अनुसन्धानका साथै दुबै शैक्षिक संस्थाबीच प्राध्यापकहरु तथा विद्यार्थीहरु आदानप्रदान हुनेछ। त्यसबाहेक शैक्षिक कार्यक्रम, पुस्तक, पाठयसामाग्री र विभिन्न अनुसन्धान प्रोजेक्टहरुमा साथमा काम गर्ने समझदारी भएको छ,’ सम्झौता पत्रमा उल्लेख छ।

सन् १९८४ मा स्थापित भारत विश्वविद्यालयमा विश्वभरबाट १० हजारभन्दा बढी विद्यार्थी विभिन्न संकायमा विद्यार्थी अध्ययनरत् छन्। ६०३ एकड क्षेत्रफलमा फैलिएको विश्वविद्यालय अन्तर्गत भारत मेडिकल कलेज र हस्पिटल, श्री बालाजी कलेज अफ नर्सिङ, श्री बालाजी मेडिकल कलेज एण्ड हस्पिटल, श्री लक्ष्मी नारायण इन्सिच्युट अफ मेडिकल साइन्सलगायत शैक्षिक संस्था आवद्ध छन्।

यस्तै बिहेरमा इन्जिनियरिङ एण्ड टेक्नोलोजी, कानुन, फार्मेसी, मिडिया, आर्टस एण्ड साइन्सलगायतका विषयहरुमा अध्ययन अध्यापन हुन्छ। सम्झौताअनुसार अब प्राज्ञिक अध्ययन अनुसन्धानका लागि दुबै शैक्षिक संस्थाका प्राध्यापकहरु एक अर्को ठाउँमा जानेछन्। दुवैतर्फका विद्यार्थीहरु एक अर्का संस्थामा अध्ययन गर्न पाउनेछन्। पाठ्यपुस्तक, वैज्ञानिक प्रकाशनहरु, एकेडेमिक प्रोजेक्टहरु, सेमिनारहरु आदानप्रदान हुनेछन्। एकअर्को शैक्षिक संस्थाका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँने समझदारी पनि भएको छ।

सम्झौता कार्यक्रमपश्चात एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्यसहित एसपीएले दक्षिण भारतकै प्रशिद्ध विश्वविद्यालयसँग भागिनी सम्बन्ध स्थापना गरेको बताए। ‘एसपीएलाई अध्ययन अध्यापनको थलो बनाउँनका लागि र अनुभव आदानप्रदान तथा विशेषज्ञहरुको विशेषज्ञतालाई सदुपयोग गर्नका लागि हामीले दक्षिण भारतको अति प्रशिद्ध विश्वविद्यालयसँग सम्झौता गरेका छौं,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘उच्च प्राज्ञिक यात्रामा अघि बढ्ने लक्ष्य एसपीएले लिएको छ। यस समझदारीले विद्यार्थी, प्राध्यापकको अनुसन्धानात्मक क्रियाकलापमा सहयात्राको भूमिका निर्वाह गर्ने विश्वास छ।’

भर्चुअल रुपमा भएको सम्झौता कार्यक्रममा बिहेर विश्वविद्यालयका सहायक उपकुलपति प्रा।के विजय भाष्कर राजु, डिन डा। अहमद हुसैन समेत उपस्थित थिए। यस्तै एसपीए कलेजकातर्फबाट क्याम्पस प्रमुख उपाध्यायसँगै उपप्राध्यापक तथा क्यूएए फोकल पर्सन जगन्नाथ जोशी र कलेजकी क्लब फेसिलिएटर तथा जनसम्पर्क अधिकृत अर्पणा गुप्ताको समेत उपस्थिति रहेको थियो।

सम्बन्धित
Loading...