Skin_Hospital_Dhn

धनगढीमा एसईई आइडल सिजन २ हुँदै ,अडिसनमा निशुल्क सहभागि हुन पाईने

धनगढी । प्रभात मिडीया एण्ड ईभेन्ट प्रा. लि. को आयोजनामा एस ई ई आइडल २ हुने भएको छ । बिद्यालय स्तरका नृत्य तथा गायन प्रतिभा उजागर गर्ने उद्देश्यले प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि. ले एस ई ई आइडल २ आयोजना गर्न गइरहेको हो ।
प्रतियोगीतामा एस ई ई सिंगिङ आइडल र एस ई ई डान्सिङ आइडल गरी २ बिधा रहेको छ भने प्रतियोगीताको अडीसनहरु २०७९ पूस देखी २०८० बैशाख सम्म सुदूरपश्चिमका ९ जिल्लाका २५ स्थानमा हुने आयोजकले जनाएको छ ।

विद्यार्थीहरुका प्रतिभा प्रस्फुटन गराउनुका साथै शिक्षा प्रति राज्यलाइ थप उत्तरदायी बनाउन र शिक्षा क्षेत्रसंग सम्बन्धित विभीन्न व्यापार व्यावसायको प्रबर्धन गर्नका निम्ति एस ई ई आइडलको आयोजना गरीएको हो ।

यो प्रतियोगीतामा सहभागी हुने हरेक टोलीमा यस वर्ष एकै विद्यालयबाट २ देखी ६ जना बिद्यार्थीहरु सहभागी हुन पाउनेछन् भने एक बिद्यालयबाट एक भन्दा बढी टोली पनि सहभागी हुन पाउनेछन् । अडीसन राउन्डमा प्रतियोगीले कुनै शुल्क तिर्नु पर्ने छैन । अडीसन हुने बिद्यालय वा स्थानमा एकै बिद्यालयका वा फरक फरक बिद्यालयका टोली पनि सहभागी हुन पाउनेछन । स्थानिय तथा नेपाली भाषा संस्कृति र मोलीकता झल्कीने नृत्यलाइ विशेष प्राथमीकता दिइनेछ । २५ भन्दा बढ िस्थानमा प्रतियोगीताका अडीसन २०७९ सालमा आयोजना गरी अडीसनमा समावेश नृत्यलाइ आयोजकको आधिकारीक सामाजिक संञ्जालमा राखी निश्चित समयभीत्र ती नृत्यले सामाजिक संञ्जालमा पाएको लाइक, भ्युजका साथै निर्णायकको आधारमा उत्कृस्ट २० नृत्य टोलीलाइ २०८० जेठ वा असारमा हुने फाइनलमा समावेस गरीनेछ । हरेक अडीसनमा सहभागी टोलीलाइ पनि पूरस्कार तथा छात्रवृतिको गरीएको साथै यस प्रतियोगीताको फाइनलमा एसईई विद्याार्थीहरुले प्रत्यक्ष रुपमा उपस्थिति भएर मन परेको नृत्य टोलीलाइ निःशुल्क भोट गर्न पाइने र फाइनलमा निर्णयक र निःशुल्क भोटका आधारमा प्रतिस्पधिलाइ अंक प्रदान गरीनेछ । भने एसइइ सिंगिङ आइडलमा उत्कृष्ट १० प्रस्तुतिलाई फाइनलमा अवसर दिर्इनेछ र यो एकल गायन प्रतियोगीता हो ।

एसईई डान्सिङ आइडल बिजेता टिमले ट्रफि, छात्रवृति, गिफ्ट ह्याम्परका साथै रु ५०,००० प्राप्त गर्नेछन् भने उप बिजेता टिमले ट्रफि, छात्रवृति, गिफ्ट ह्याम्परका साथै रु २५,००० प्राप्त गर्नेछन् तथा एसईई सिंगिङ बिजेता टिमले छात्रवृति र गिफ्ट ह्याम्परका साथै रु २०,००० प्राप्त गर्नेछन् भने उपबिजेता टिमले छात्रवृति र गिफ्ट ह्याम्परका साथै रु १०,००० प्राप्त गर्नेछन् । यो प्रतियोगीताको ६ महिना अवधि रहेको छ ।
प्रतियोगितालाई चौधरी ग्रुप वाई वाई चाउचाउ , र सुदूरपश्चिमाञ्चल एकेडेमीले प्रायोजन गरेका छन् ।

 

Loading...