![Skin_Hospital_Dhn](https://nayasandesh.com/wp-content/uploads/2024/06/Skin_Hospital-1.jpg)
बंगलादेशसँग नेपाली यू–२३ पुरुष भलिबल टोली काभा अन्तार्राष्ट्रिय भलिबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा पराजित भएको छ । आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेट २५–१५ ले हारेको नेपाल दोस्रो सेटमा २५–२२ ले पराजित हुन पुग्यो । अन्तिम सेटमा २५–१३ ले पराजित हुँदै नेपाल तेस्रो स्थानका लागि खेल्ने भएको छ ।
नेपालले अब तेस्रो स्थानका लागि भोलि श्रीलंकासँग खेल्ने छ । त्यस्तै उपाधिका लागि कीर्गिस्थान र बंगलादेशले प्रतिस्पर्धा गर्नैछन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ः१५ मा सुरु हुनेछ । त्यस्तै तेस्रो स्थानका लागि हुने खेल दिउँसो २ः४५ मा सुरु हुनेछ ।
![](https://nayasandesh.com/wp-content/uploads/2024/12/WhatsApp-Image-2024-12-03-at-6.39.02-AM.jpeg)