कैलाली । कैलालीको धाईया सलानी सामुदायिक बन को अध्यक्षमा भिम जैगडी सर्वसम्मत चयन भएका छन् । शनिवार गोदावरी नगरपालिका १० मा बसेको सामुदायिक बनको निर्वाचन कमिटी को बैठक बाट जैगडी सहित ११ सदस्य कमिटी सर्वसम्मत चयन भएका हुन् ।
कमिटीेको उपाध्यक्षमा चक्रबहादूर खड्का ,सचिवमा भिम बहादूर तामाङ्ग, कोषाध्यक्षमा जानकी चौधरी ,सहसचिवमा वासुदेव भट्ट, सदस्यमा कुवेर सोव ,सुरेश स्वार,रामेश्वरी पनेरु भट्ट ,शान्ति चौधरी ,बंशिराम चौधरी र समिर्ला बिक चयन भएका हुन् । यस्तै बैठकले सल्लाहकार समिति को संयोजकको जिम्मेवारी झंकर कोलीलाई दिएकोे छ भने सल्लाहकार सदस्यमा इन्द्र बहादूर बोहरा , देव बहादूर बिक, धा बहादुर बिक लाई चयन गरेको छ ।