Skin_Hospital_Dhn

सभापति र संसदीय दलको नेताबाट देउवाले तत्कालै राजीनामा दिनुपर्ने माग

राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने चेतावनी

नेपाली कांग्रेसभित्र सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा सरकार निर्माणमा असफल भएपछि उनको राजीनामा मागिएको छ । कांग्रेसका नेता गुरुराज घिमिरेले देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्ने बताएका छन् ।

देउवाले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उनले चेतावनी दिएका छन् । ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ ? राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइनेछ’, घिमिरेले ट्विटरमार्फत भनेका छन् ।

देउवाको अपरिपक्क्व निर्णय र अडानका कारण गठबन्धन टुटेको भन्दै कांग्रेसभित्र उनको चर्को आलोचना पनि भईरहेको छ ।

सम्बन्धित
Loading...