जनकपुर र विराटनगर तथा काठमाण्डौ र फार वेष्ट खेल्दैः नेपाल टी–२० लिग

धनगढी ।
आज काठमाण्डौ नाइट्स र फार वेष्ट युनाइटेड तथा जनकपुर रोयल्स र विराटनगर सुपर किङ्ग्स नेपाल टी–२० क्रिकेट लिगमा खेल्दैछन् ।

काठमाण्डौ र फार वेष्टको खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा हुने छ भने कीर्तिपुर मैदानमै जनकपुर र विराटनगरको खेल दिउँसो १ बजे हुनेछ ।

काठमाण्डौ आज दोस्रो जितको खोजीमा हुने छ भने यसअघिको खेल हारेको फार वेष्ट पहिलो जितको खोजीमा हुनेछ । यस्तै, जनकपुर पनि आज दोस्रो जित निकाल्न चाहन्छ । विराटनगरले यसअघिको खेल हारेको थियो ।

हिजो भएको खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स विजयी भएका थिए ।

सम्बन्धित
Loading...