नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् ।
आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधान तथा पराराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो ।
गठबन्धनमा मन्त्रालयकाे भागवण्डा गर्न आज ११ बजे सत्ता गठबन्धनकाे बैठक बस्दैछ । माओवादीले गठबन्धनकाे बैठकमा श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाउने प्रस्ताव पेस गर्नेछ ।