कञ्चनपुरमा परिवार दलका युवा नेता नागरीको पहलमा न्यानो लुगा वितरण

कञ्चनपुर ।
कञ्चनपुरमा बृद्धा, अपांग एकल महिला तथा बिपन्न परिवारहरुलाइ न्यानो लुगा बितरण भएको छ । नेपाल परिवार दलका युवा नेता खडक नागरीको पहल र अन्तरार्ष्ट्रिय युवा समाजको सहयोगमा उनीहरुलाई न्यानो लुगा बितरण गरिएको हो। जिल्लाको पुर्नबास नगरपालिका वडा ७ का बृद्धा ,अपांग एकल महिला तथा बिपन्न परिवारहरुलाइ ५० पिस बलाङकेट वितरण गरिएको जनाइएको छ।

Gaurishankar Dental

यस्तै सो कार्यक्रममा परिवार दलका वडा अध्यक्ष कुलदिप राना, परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरी, लायन्स क्लब अफ मिड सिटी धनगढीका अध्यक्ष बिश्व प्रकाश कडेल, परिवार दलकी केन्द्रीय सदस्य बिष्णु कुमारी बिके, पिस फोर्स नेपालका केन्द्रीय सदस्य अजय जैरु, पिस फोर्स नेपाल जिल्ला उपाध्यक्ष रितिक आचार्य, समाजसेवी खेम तामाङ लगायत समाजसेवीहरुको उपस्थित रहेको थियो।

जाडोको समयमा बलाङकेट वितरण गर्दा त्यस क्षेत्रका पिडितहरु निकै खुसी भएको युवा नेता तथा परिवार दलका सुदूरपश्चिम प्रदेश सयोजक खडक नागरीले बताए । उनले आफुल बिभिन्न क्षेत्रमा गएर बृद्धा, अपांगता एकल महिला तथा बिपन्न परिवारलाइ गर्दै आइरहेको बताएका छन् । नेता नागरीले पार्टी र आफुले यश क्षेत्रमा कुनैपनि समस्या पर्दा आफुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन्। यस्तै न्यानो लुगा पाएपछि खुसी महसुस गर्दै उनीहरुले नेता नागरीलाइ धन्यवाद ब्यक्त गरेका छन् । सुकुम्बासी क्षेत्रलाई अरु पार्टीले भोट बैंकको रुपमा प्रयोग गर्दै आएको र अहिलेसम्म कुनै किसिमका सहयोग नगरेको पिडितहरुको भनाइ रहेको छ।

सम्बन्धित
Loading...