लागूऔषध ब्राउनसुगरसहित २ जना पक्राउ

कञ्चनपुरमा लागूऔषधब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–१८ निम्बुखेडाबाट अवैध लागूऔषध ब्राउन सुगरसहित आइतबार राति दुई जना पक्राउ गरेको प्रहरीले जनाएको छ।

कञ्चनपुर प्रहरीका अनुसार एक ग्राम १५ मिलिग्राम ब्राउन सुगरसहित निम्बुखेडाका ३२ वर्षीय सुरेन्द्र बम र १८ वर्षीय किशोर रहेका छन्। वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले शंका लागि उनीहरूको शरिर तलासी गर्दा उक्त पदार्थ फेला पारेपछि दुबै जनालाई पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भैरहको प्रहरीले जनाएको छ।

सम्बन्धित
Loading...