गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन माग गर्ने नेविसंघका ३ नेता पक्राउ

नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन माग गर्ने नेविसंघका ३ जना नेता शीतल निवास अगाडिबाट पक्राउ परेका छन् । नवनियुक्त गृहमन्त्री रवि लामिछानेको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने नेविसंघका तीनजना नेता पक्राउ परेका हुन् ।

शीतल निवासमा गृहमन्त्री लामिछानेको शपथग्रहण चलिरहेका बेला उनीहरूले प्रदर्शन गरेका थिए। पक्राउ पर्नेमा नेविसंघका नेता भुवन भट्टसहित ३ जना रहेको प्रहरीले जनाएको छ। लामिछानेले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता नलिई उम्मेदवार बनेको भन्दै मुद्दा चलिरहेको छ। प्रदर्शनस्थलबाट नेविसंघका भुवन भट्ट , विक्रम आदित्य गिरी, मनिष रायमाझी पक्राउ परेका हुन्। पक्राउ परेकाहरूलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

सम्बन्धित
Loading...