बझाङमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको ज्यान गयो

थलारामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सोमबार साँझ बझाङको छविस पाथिभेरा गाउपालिका—५ थलारामा साढे ७ बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

Kanun123

मृत्यु हुनेमा छबिसपाथिभेरा—५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका छन्।

झोलुङ्गे पुलका सामान लिएर गएको से २ त २३४३ नम्बरको उक्त ट्याक्टर उकालो सडकमा पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्याक्टरमा रहेका अर्का एक जना सकुसल रहेको पनि प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।

Kailali_mahotsab
सम्बन्धित
Loading...