Skin_Hospital_Dhn

आजको मौसमः तराईमा हुस्सु, हिमालमा हिमपात र पहाडी क्षेत्रको अवस्था के छ ?

मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। बिहान तराई क्षेत्रमा हुस्सु लागेको छ भने पहाडी क्षेत्रमा बदली छ।

दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत अन्य प्रदेशका पहाडी भू—भागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र गण्डकीका हिमाली भू—भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

राति पहाडी भू—भागमा आंशिक बदली हुने र प्रदेश १ का हिमाली भू—भागका एक वा दुई स्थानमा हल्का हिमपातको आकलन महाशाखाले गरेको छ।

बुधबार प्रदेश १, बागमती र गण्डकीका पहाडी भू—भागमा आंशिक बदलीको सम्भावना छ। प्रदेश १ को हिमाली भू—भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित
Loading...