कैलालीका प्रहरी सीमाक्षेत्रमा साइकलद्वारा गस्ती गर्न बाध्य

सवारी साधनको नाममा दुई वटा साइकल मात्रै

धनगढी ।
इलाका प्रहरी कार्यालय पृथ्वीपुरमा कार्यरत प्रहरीले दुई वटा साइकलको भरमा सीमाक्षेत्रमा गस्ती गर्दैआइरहेका छन् । कैलालीको भजनी नगरपालिका –५ स्थित कार्यालयमा अन्य सवारी साधन नरहेकाले प्रहरीले दुई साइकलको भरमा गस्ती गर्दैआएका हुन् ।

Gaurishankar Dental

यस क्षेत्रमा तस्करहरूले मोटरसाइकल प्रयोग गरेर तस्करी गर्ने गरेको बताइन्छ । तर तस्कर मोटरसाइकलमा गुड्ने क्षेत्रमा प्रहरीसँग भने सवारी साधनको नाममा दुई वटा साइकल मात्रै छन् । पहिले एउटा मोटरसाइकल भएकोमा त्यो बिग्रेपछि अहिले प्रहरीसँग साइकल मात्रै रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । उहाँले तस्करहरू मोटरसाइकल हिँड्ने ठाउँमा प्रहरीलाई भने साइकलको भरमा गस्ती गर्न पर्ने बाध्यता रहेको बताए ।

इलाका प्रहरी कार्यालयमा २३ जना प्रहरीको दरबन्दी छ । उक्त क्षेत्रमा गस्ती गर्न गतिला सवारीसाधन नहुँदा प्रहरीलाई थप समस्या परेको छ।

सम्बन्धित
Loading...