घाँस काट्न पाएका आमाहरुको खुसी

धनगढी । घर देखि २-३ घन्टा हिंडेर उकालो डाँडो चढी घाँस खोज्न जाने आमाहरु खुशी भएका छन् ।
वेदकोट नगरपालिका ५ मुसेपानीमा भम्केश्वर सामुदायिक बन निर्माण पछि घर नजिकैको बनमा घाँस,दाउरा र स्याला पाएपछि उनीहरु आजभोली खुशी भएका हुन् ।

पहिले पुरै उजाड थियो ।उता देखिने डाँडामा जान्थ्यौ २-३ घन्टा हिंडेपछि बल्ल त्यहाँ पुगिन्थ्यो , खुट्टा पनि त्यसै गरि दुख्थ्यो , घर पुग्दा साँझ भई सक्थ्यो , बाटो मा पानी तिर्खा लागेर घाटी सुकेरपनि बेहाल हुन्थ्यो , थकाईले भोक पनि उतिकै लाग्थ्यो त्यो दुस्ख सहेर घाँसको भारी घरमा पुग्ने बेला झिमिकै साझ परेर , साझको खाना पकाउने समय पनि भईसक्थ्यो , खाना पकाउनै पर्यो हतार हतार खाना पकाएर सबैलाई खुवाउदा राति को १० बज्थ्यो आफ्नो भोक मारेर अब त्यो खानाको स्वाद नै हुँदैन थियो किनभने बिहानको १० बजे खाना खाएर गएको मान्छे साँझको १० बजे थकाईले मरिमरि खाना आफैं बानाएर खाएको के स्वाद हुनु तपाईं नै भन्नुु उनिहरुले भने,

गरे नहुने केहि रहेनछ पहिले यो उजाड बगरलाई संरक्षण गरेपछि यो खाली भुभाग पनि हराभरा बनेको छ अहिले हामी सबैले मिलेर चुरे संरक्षण संजाल ,बन कार्यालय र तराई भुपरिधि कार्यक्रम ताल को सहयोगमा हराभरा बनमा परिणत भएको छ यसले गर्दा हामीलाई निकै सुबिधा भएको छ ,यि भनाई हुन बगरलाई संरक्षण गरी हराभरा भएको भम्केश्वर सामुदायिक बनमा घास समुहमा घास काट्दै रमाईरहेका महिलाको ,समुह बाटै नर्मदा देबि साउदले भनिन् ुघाँस खोज्दा घाँस दाउरा खोजे दाउरा भैसी पाल्न पनि उतिकै सजिलो छ । अब घास काट्न घन्टौं हिडेर डाँडा माथी जाने दुख पनि गयो । ,

निकै आनन्द लाग्छ घर नजिकै सबै सुबिधा पाएका छौ अरु के चाहियो हामीलाई ,अर्की स्थानीयले भनिन् ३-४ हजार रुपैयाँ तिरेर घास लगाएको केहि दिनका लागी किन्थ्यौ यो बनले गर्दा त्यो पैसाको समेत बचत भएको छ । भम्केश्वर सामुदायिक बनमा घास दाउराको लाभ उठाउने २ वटा गाउँ छन् एकातिर मुसेपानी अर्को तिर धरमपुर ।

Gaurishankar Dental

यो जुन अहिले हराभरा देख्दैहुनुन्छ पहिले यस्तो थिएन चुरे संरक्षण संजाल र बन कार्यालयको सहयोगमा हामी सबै मिलेर सुन्दर बन बनाउन सफल भएका छौ । जसले गर्दा यहाँका जनताले एउटा नौलो अनुभुती गर्न पाएको र नदिले दैनिक रूपमा कटान गर्ने क्षेत्रलाई पनि संरक्षण गर्नुका साथै गाउँले हरुको लागी आयआर्जनको श्रोत भएको भम्केश्वर सामुदायिक बनका सहसचिव डम्बर सिंह साउदले बताए ।

जङ्गल मा अहिले चित्तल , बदेल र चितुवा आउने गरेको र बन बाट सुबिधा लिन पाउदा सबै खुसि भएको बनका चौकिदारले बताए ।

बेदकोट नगरपालिका वडा नम्बर ५ र ६ को मुसेपानी खोला छेउमा २०६९ सालमा विशुद्ध बाझो गौचरन बगरमा स्थानीयहरु लाई सहभागि गराई वृक्षारोपण र तारबार गरि हरियालीमा परिणत गरि २०७४ मा हस्तान्तरण गर्न सफल भएको चुरे संरक्षण संजालमा कार्यरत करन भट्टले बताए ।
तराई भुपरिधि कार्यक्रम (ताल)ले आर्थिक रुपमा धेरै सहयोग गरेको छ जसले गर्दा ब्राह्म्देव करिडोर अन्तर्रगतका २३ वटा सामुदायिक बनमा संरक्षण अभियान चलाईरहेको उनले बताएका छन् ।

यसरी संरक्षणको कमालले मरुभूमि हराभरा बनेपछि भम्केश्वर सामुदायिक बनमा चितुवाको समेत आगमन भएको स्थानीयले बताएका छन् ।

वेदकोट नगरपालिका ५ मुसेपानीको ९.६ हेक्टर क्षेत्रफल २०६९ साल अगाडि एउटा बिशुद्द बगर थियो। जहाँ जसलाई बालबालिकाको खेल्ने चौर र गौचरनको रुपमा चिनिथ्यो । यसै भुभागमा एउटा सानो ताल थियो जुन तालको को मुहान बाट भुमरी जस्तै भक भक पानी आउने भएकाले त्यस ठाँउको नाम भम्केश्वर राखिएको त्यहाँका स्थानीयले बताए। अहिले उक्त ताल वरिपरि हराभरा बन भईसकेको छ । जसले गर्दा चितुवा लगायतका वन्यजन्तु त्यस् बाटो आहारा खोज्दै पानी पिएर चुरे सम्म पुग्ने मार्ग  बनेको छ ।

बनले निर्माण पछि स्थानीयलाई घास दाउरा र स्याउला लगायतको घर नजिकै प्राप्त भएको सुबिधाले समय बचत, बढी श्रम नगर्नु पर्ने र आर्थिक रुपमा पनि समृद्धि तिर डोर्‍याउदै गएको छ । यो सङ्गै अहिले यहाँ देखिएको चुनौती भन्नु पर्दा छाडा पशु चौपाया मुख्य मानिएको छ । साथै बिस्तारै बनमा बन्यजन्तु बढ्दै जाँदा मानव र उनीहरु बीच द्वन्दको सिर्जना हुन सक्ने देखिएको छ।

बनको स्थापना काल देखि ताल को सहयोगमा तारबारको व्यवस्था , वृक्षरोपणका लागि बोटबिरुवा र बन निर्माणमा सहभागी लगायतका कर्मचारीहरुलाई भत्ता सङै खाजाको व्यवस्था गरेको छ ।

Loading...