Skin_Hospital_Dhn

बेपत्ता आयोग नै बेपत्ता छ !! त्यसैले द्वन्द्व पीडित जहाँको त्यही छन्

धनगढी । बेपत्ता आयोग नै बेपत्ता भएकाले अहिले सम्म द्वन्द्व पीडित जहाँको त्यही रहेको इन्सेकका सुदूरपश्चिम प्रदेश प्रमुख खडकराज जोशीले बताएका छन् ।

 

बुधबार एड्भोकेसी फोरम नेपाल धनगढीले १३औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा बलपुर्वक बेपत्ता पारिएका पीडितहरूसँग सरोकारवालाहरूको अन्तरक्रिया तथा छलफल आयोजना गरेको  कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । द्वन्द्व पीडितहरूका लागि बेपत्ता आयोग नै गैर जिम्मेवार भएको बताउँदै,बेपत्ता आयोगले निरन्तर खबरदारी र चासो नदिएकोमा आफू हैरान भएको जिकिर गरे । ‘अहिलेसम्म सबै संस्थै पिच्छे छुट्टाछुट्टै विवरण आउँछ, कसको विवरण सही मान्ने त्यो पनि विडम्बना छ उनले भने’ ।
सरकारको पीडितलाई व्यवस्थापन गर्ने इच्छा शक्ति नै नभएर स्रोत नभेटिएको उनले बताए । जोशीले बेपत्ता पीडितहरूको घरमा कहिलेकाहीँ उनीहरूको अवस्था बुझ्न जाने गरेको बताए।

 

उनले भने  ‘हाम्रो यो घाउलाई बल्झाउन मात्रै बेलाबखतमा यस्ता कुराहरू पनि आउँछन्। अब त्यो बन्द गरियोस् भन्ने कुरामा म पनि सहमत छु। तर यो दिनलाई सम्झिनु पर्दा सधैँ हामी नै हाम्रो संस्थाले अगुवाइ गरेर यो कार्यक्रमहरू गर्ने गर्छौँ। तर मैले छोडिदिएँ। किन भने मलाई आफैँलाई दिक्क लागिसक्यो,’ उनले भने, ‘खासमा उहाँहरूको यो प्रतिनिधिमूलक पीडा हो। केही बेपत्ता पीडितहरूको घरमा उनीहरूको अवस्था बुझ्न म जाँदा त्यहाँ म किन गए म कसरी फर्किऊ भन्ने भएको थियो उहाँहरूको पीडा देख्दा।’

 

कार्यक्रम आयोजनामा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, नेपाल रेडक्रस सोसाइटीलगायतको सहयोग थियो।

 

Loading...