Skin_Hospital_Dhn

पुस २५ गते प्रतिनिधिसभाको पहिलो बैठक आह्वान

प्रतिनिधिसभाको अधिवेशन पुस २५ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजेका लागि संसदको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपतिसमक्ष मन्त्रिपरिषदले यही पुस २५ गते प्रतिनिधिसभाको बैठक आह्वान गर्न सिफारिस गरेको थियो ।

सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा मन्त्रिपरिषद गठन भएको छ । प्रधानमन्त्रीसहित ८ जनाले सोमवार नै मन्त्री पदको शपथ लिएका थिए ।

सरकारको सिफारिसमा संसद्को अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको पहिलो बैठकले प्रतिनिधिसभाको अधिवेशन बोलाउने निर्णय गरेको थियो । प्रतिनिधिसभाको अधिवेशन शुरु भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनेछन् ।

सम्बन्धित
Loading...