सुदूरपश्चिम प्रदेश सभामा ६ जना नवनिर्वाचित प्रदेश सभा सदस्यहरूले स्थानीय भाषामा सपथ लिने

धनगढी ।
सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित छ जनाले स्थानिय (मातृभाषा) भाषामा पद तथा गोपनियताको सपथ ग्रहण गर्ने भएका छन् ।
मंसिर १५ गते (शुक्रबार) १ बजे हुन लागेको नवनिर्वाचित प्रदेश सभा सदस्यहरूको पद तथा गोपनियताको सपथ ग्रहण स्थानिय भाषामा गर्न प्रदेश सभा सचिवालयमा निवेदन पेश गरेका हुन ।
५३ सदस्यीय रहेको प्रदेश सभामा नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित पाँच र नेपाली काँग्रेसतर्फ समानुपातिकबाट निर्वाचित एक गरि छ जनाले स्थानिय भाषामा पद तथा गोपनियताको सपथ लिने भन्दै निवेदन पेश गरेको सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा १ बाट निर्वाचित कैलाश चौधरी, प्रदेश सभा २ का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा २ का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ प्रदेश सभा १ का घनश्याम चौधरी र २ का खुशी राम डगौरा थारु संगै नेपाली काँग्रेसबाट समानुपातिक तर्फ बाट निर्वाचित कञ्चनपुरकी गिताकुमारी चौधरीले स्थानिय भाषाका लागि निवेदन दिएको उनले बताए ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै स्थानिय भाषामा सपथ लिन चाहनेलाई तीन दिन भित्र निवेदन दिन अनुरोध गरेको थियो ।
संविधानको धारा १८२ को उपधारा (५०), प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७५ बमोजिम निर्वाचित प्रदेश सभा सदस्यहरु मध्ये ज्येष्ठ सदस्यले प्रदेश सभाको अध्यक्षता गर्ने व्यवस्था अनुसार प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउने व्यवस्था रहेको छ ।

सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्य मानबहादुर रावल रहेका छन् । ६८ वर्षीय रावल नेपाली कांग्रेसबाट अछाम क्षेत्र नम्बर २ प्रदेश सभा २ बाट निर्वाचित भएका हुन । निर्वाचित प्रदेश सभा सदस्य रावललाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ गराउने छन् ।

सम्बन्धित
Loading...