गृह मन्त्रालयले दियो ४८ घण्टाभित्र नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन

नियम विपरीत राखिएका निजी सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियम विपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न ४८ घण्टाभित्र मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ।

Gaurishankar Dental

मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी ‘विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ को व्यवस्था भन्दा विपरीत सेवा सुविधा लिएको र व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गरी बहालवाला तथा पूर्व कर्मचारी र सुरक्षाकर्मीहरुले कार्यविधिमा तोकिएअनुसार मात्र व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने बताएका छन् ।

Dhangadhi_Sub-Metropolitan City Suvakamana 2081

DHN_Aaglagi
सम्बन्धित
Loading...