Skin_Hospital_Dhn

आजको मौसमः उच्च पहाडी भू—भागमा हल्का हिमपात र तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने

देशभरको तापक्रम क्रमिक रुपले घटिरहेका बेला तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिमाली क्षेत्र र उच्च पहाडी भू—भागमा हल्का हिमपात र तराईका जिल्लामा हुस्सु लाग्ने भएपछि जाडो बढ्ने विभागको भनाइ छ । जाडोबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागका अनुसार आज बुधबार प्रदेश १ र सुदूरपश्चिमको पहाडी भू—भागमा आंशिक बदली रहने छ । तराईका जिल्लामा हुस्सु लागे पनि बाँकी भागमा मौसम सफा रहने छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू—भागमा आंशिक बदली रहने छ ।

त्यस्तै, भोलि १४ गते बिहीबार पनि प्रदेश १ र सुदूरपश्चिमको पहाडी भू—भागमा आंशिक बदली रहने छ । विभागले जनाएअनुसार प्रदेश १ को उच्च पहाडी भू—भागमा हल्का हिमपात हुनेछ ।

सोहीअनुसार १५ गते शुक्रबार देशभरिका पहाडी भू—भागमा आंशिक बदली रहने छ । एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । पानी पर्ने भएपछि हिमपात पनि हुनेछ । तापक्रम क्रमशः घट्दैगएकाले न्यानो हुने उपायबारे आवश्यक व्यवस्था गर्न विभागले आग्रह गरेको छ । देशभरको तापक्रम अन्य दिनको तुलनामा घट्दैगएको देखिएको छ ।

सम्बन्धित
Loading...